सभामुख अर्याललाई पोखरेलको प्रश्न : विदेशमा कमाएको सम्पत्ति कुन च्यालनबाट ल्याउनुभयो ?

सभामुख अर्याललाई पोखरेलको प्रश्न : विदेशमा कमाएको सम्पत्ति कुन च्यालनबाट ल्याउनुभयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले महासचिव शंकर पोखरेलले सभामुख डोलप्रसाद अर्यालको सम्पत्तिको स्रोतमाथि प्रश्न गरेका छन् ।

पार्टी सम्बद्ध सम्पर्क मञ्चद्वारा मुख्यालय च्यासलमा शनिबार आयोजित चियापान कार्यक्रममा पोखरेलले सभामुख अर्यालको सम्पत्तिको स्रोत शंकास्पद रहेको र त्यसबारे उनले जवाफ दिनुपर्ने बताए ।

सभामुख अर्याललाई उनले विदेशमा आर्जन गरेको सम्पत्ति कसरी नेपाल ल्याएको भन्ने प्रश्न गरे । विदेशबाट पैसा ल्याउँदा राज्यलाई कर तिरेको/नतिरेकोबारे अर्यालले जवाफ दिनुपर्ने पोखरेलको भनाइ थियो । ‘श्रमिकबाट मालिक बन्नु अपराध होइन तर विदेशमा कमाएको भनिएको त्यो सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ?’ पोखरेलले भने, ‘सभामुखजीले यसको जवाफ दिनुपर्छ ।’

पोखरेलले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण नबुझाएकोमा पनि आपत्ति जनाए । सुशासनको नारा दिएर शक्तिमा आएका नयाँ दलका सभामुख र मन्त्रीहरूले सुशासनकै डिल्ली उडाएको आरोप पोखरेलले लगाए ।

यद्यपि एमालेका नेताहरू भने सुशासको जुनसुकै अग्निपरीक्षाका लागि तयार रहेको दाबी गरे । सुशासन अरूलाई तर्साउन नभई आफैँले पालना गर्नका लागि हुनुपर्ने भन्दै उनले नयाँ दल अग्निपरीक्षाका लागि तयार छ कि छैन भन्ने प्रश्न गरे ।

फरक प्रसङ्गमा पोखरेलले जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई प्रतिशोधको हतियार बनाएर पार्टी अध्यक्ष केपी ओलीलाई दु:ख दिने काम भएको टिप्पणी गरेका छन् ।