राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त

राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । बैरागीले दिएको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको हो ।

‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘पहिलो बैठकले शंकरदास बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । साथै दोस्रोपटक बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त निर्णय गरेको छ ।’

वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ।