काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले झापा विद्रोहलाई गलत व्याख्या गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको बदनाम भएको टिप्पणी गरेका छन् ।
सोमबार पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकापर्ण समारोहलाई सम्बोधन गर्दै उनले झापा विद्रोहका नेता तथा पूर्वमन्त्री राधाकृष्ण मैनालीको आत्मकथा नलेखिएका इतिहासलाई सम्झिँदै ओली कुखुरा समेत काट्न नसक्ने नेता भएको तर विरोधीले मान्छे काटेको भन्दै बदनाम गरेको स्पष्ट पारे ।
उनले भने, ‘केपी ओलीको सन्दर्भमा आरके मैनालीले भन्नुभएको छ – ओली मान्छे होइन, कुखुरा पनि काट्न सक्ने मान्छे होइन । यो कुरा यहाँ राख्न उपयुक्त हुन्छ भन्ने ठानेको छु । झापा विद्रोहमा व्यक्ति हत्याविरुद्ध असहमति राखेको नेता हो, ओली अनुशासित विद्रोही नेता हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सोमबार पुस्तक विमोचन गरिएको छ ।




प्रतिक्रिया