राप्रपालक्षित शंकर पोखरेलको टिप्पणी-आँखाले देखेको सत्यलाई निर्मल निवासको भयले थिच्यो

राप्रपालक्षित शंकर पोखरेलको टिप्पणी-आँखाले देखेको सत्यलाई निर्मल निवासको भयले थिच्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादी समूहले गरेका आपराधिक क्रियाकलाको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको टिप्पणी गरेका छन् ।

बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजनाअनुसार तीनकुनेमा आपराधिक क्रियाकलाप भएको पोखरेलले भनेका छन् ।

आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर, अहिले राजावादी समूहले शुक्रबार गरेको अपराधको दोष सुरक्षाकर्मीलाई बोकाउन खोजिएको छ ।’

‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु,’ पोखरेलले लेखेका छन्, ‘तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।’

‘राजावादी र पूर्वपञ्चहरूले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई वोकाएर उम्कन खोजेको भए थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले,’ पोखरेलले अगाडि लेखेका छन्, ‘घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको‘ थ्रेट’ का सामु उनीहरु निरही देखिए र भन्न थाले ‘प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले ।’

आँखाले देखेको सत्यलाई निर्मल निवासको भयले थिच्दा पूर्व पञ्चहरूको नियति यस्तो देखिएको पोखरेलको भनाई छ ।