पार्टीमा बलियो नेतृत्व सुनिश्चित भयो : शंकर पोखरेल

पार्टीमा बलियो नेतृत्व सुनिश्चित भयो : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक छ । त्यो सुनिश्चित भएको छ ।

‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ’, उनले लेखेका छन्

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति भएको पार्टी सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। सन्दर्भमा रहेर महासचिवको यस्तो भनाइ आएको हो ।