एमाले मुख्यालय च्यासलमा ‘झ्याप्प’ बत्ती गएपछि बालेनमाथि खनिए शंकर पोखरेल

एमाले मुख्यालय च्यासलमा ‘झ्याप्प’ बत्ती गएपछि बालेनमाथि खनिए शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पार्टीका सांसदहरुसँगको अन्तरक्रिया सुरु हुनै लाग्दा पार्टी मुख्यालय बल्खुमा बत्ती गएपछि एमाले महासचिव शंकर पोखरेल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग खनिएका छन् ।

‘कामबाहेक केही नगर्ने’ बताएका प्रधानमन्त्री शाहको शासनमा विद्युत आपूर्तिमा गडबडी भएको भन्दै उनले आक्रोश पोखे ।

भर्चुअल दुनियाँमा मात्र सरकार देखिएको र बास्तविक जीवनमा मानिसले महसुस गर्ने गरी सरकारले कामै नगरेको आरोप उनको थियो ।

‘काम बाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत् आपूर्तिको पीडा बेहोर्दै हामी कार्यक्रम सुरु गर्दैछौँ । यसले पनि बताउँछ काम कसरी भइराखेको छ भन्ने कुरा’, पोखरेलले भने, ‘भर्चुअल दुनियाँमा त धेरै चर्चापरिचर्चा छ । तर, वास्तविक रूपमा यथार्थतामा काम कसरीकसरी भइरहेको छ भन्ने कुरा आम नागरिकहरूले महसुस गर्ने गरी कुनै काम हुन सकेको छैन ।’


पोखरेलले सरकारले हरेक दिन नागरिकमा पीडामाथि पीडा थप्ने काम गरेको आक्षेपसमेत लगाए । सरकार चलाउने जनादेश दिएका जनता नै आश्वस्त हुनुको साटो सरकारबाट आतंकित भइरहेको दाबी उनले गरे ।

‘जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको परिवेश सिर्जना भएको छ’, उनले भने, ‘ त्यो परिवेशभित्र हामीले हाम्रो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्छ ।’