काठमाण्डु- लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण देशमा अस्थिरता छाएको बताएका छन् ।
दाङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डमा रहेको अवसरवाद र महत्वाकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोप लगाए । साथै उनले माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्ने कोशिश गरेको बताए ।




प्रतिक्रिया