एमालेले विकास र समृद्धिको नेतृत्व गरेको छ : महासचिव पोखरेल

एमालेले विकास र समृद्धिको नेतृत्व गरेको छ : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमालेले विकास र समृद्धिको नेतृत्व गरेको बताएका छन् ।नेकपा एमाले सञ्चार इलाकाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्वको सरकारले विगतमा धेरै कामको सुरुआत गरेको बताए ।

प्रधानमन्त्रीका रूपमा रहँदा केपी शर्मा ओलीले नागरिकलाई सपना देखाएको र ती सपना साकार बनाउन काम थालिसकेको उनको भनाई थियो । उनले भने, ‘हिजो शिल्यान्यास भएका योजनाको अहिले उद्घाटन भइरहेको छ ।’ नेकपा एमालेप्रति सबै उमेर, क्षेत्र र वर्गको आकर्षण बढिरहेको महासचिव पोखरेलले बताए । अहिले सबैतिर पार्टी प्रवेशको लहर नै रहेको उनले औल्याए ।

यो पटक पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका धेरै एमाले र केपी ओलीप्रति आकर्षित भएको उनको भनाइ छ । एमालेबाट नेकपा (एकीकृत समाजवादी) छुटिएर जाँदा पार्टीलाई कुनै नोक्सानी नभएको भन्दै उनले सो पार्टीमा गए जति पूर्वमाओवादीबाट आएकाले समग्रमा पार्टीमा घाटा नभएको उनले बताए ।

नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टीमा अहिले कुनै पनि विवाद नभएकाले अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्ने गरी लागिएको बताए ।