मंसिर ४ पछि केपी ओली नै प्रधानमन्त्री : शंकर पोखरेल

मंसिर ४ पछि केपी ओली नै प्रधानमन्त्री : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ को चुनावपछि अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुन् दावी गरेका छन् ।

चुनावी तयारीबारे एमाले केन्द्रीय प्रचारविभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले आगामी निर्वाचनमा पार्टी एक्लैले बहुमत ल्याउने र जनताको अभिभावक केपी ओली नै भएको दाबी गरेका हुन् ।

उनले भने, ‘जनताको अभिभावक केपी ओली नै हुन्। त्यसैले हामीले उहाँलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ । हामीले एकल बहुमतको अपेक्षा गरेका छौँ।’ नेता पोखरेलले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिबीच हुने दावी गरे ।

‘यसपटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिको छनौटको रुपमा रहेको छ,’ उनले भने, ‘पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको छ । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दैछ ।’

उनले हिंसा पीडित नागरिकलाई भएको समस्या समाधानका लागि ओलीले नै भूमिका खेलेको दाबी गरे । संविधान बनाउने बेलामा बाह्य हस्तक्षेप खेपेर ओलीले आफूलाई सफल नेताको रूपमा प्रस्तुत गरेको बताए ।

नाकाबन्दी र नेपालको भूमि समेटिएको नक्सा ल्याएपछि पार्टीभित्र विग्रह सुरु भन्दै उनले राष्ट्रको पक्षमा उभिदा आफ्नो पार्टी नेतृत्व र पार्टीमाथि घेराबन्दी भएको बताए । अहिलेको गठबन्धनको सरकारले राजनीतिलाई अदालतमा प्रवेश गराएको उनको भनाई थियो ।