काठमाण्डु – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् ।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताएका हुन् ।
‘स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन,’ उनले भने । उनले नीतिका आधारमा जनतामाझ जाने स्पष्ट पार्दै एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत बताए ।
निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै उनले मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया