एमाले महासचिवको दावी : प्रभु साहकै उपस्थितीमा जसपासँग तालमेल भएको हो

एमाले महासचिवको दावी : प्रभु साहकै उपस्थितीमा जसपासँग तालमेल भएको हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेता प्रभु साहकै उपस्थितीमा जसपासँग चुनावी तालमेलको सहमति भएको दावी गरेका छन् ।

साहले उपेन्द्र यादव नेतृत्वको जसपासँगको तालमेलमा गम्भीर असहमति जनाउँदै रौतहट क्षेत्र नम्बर ३ मा स्तन्त्र उम्मेदवारी दिएका छन् । साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेर टिकट लगेपछि धोका दिएको आरोप लगाइरहेका बेला महासचिव पोखरेले साहकै उपस्थितिमा जसपासँग तालमेल बैठक भएको दावी गरेका हुन् ।

‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनुभयो । उक्त सहमतिपछि मधेश प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भयो,’ पोखरेले भनेका छन्, ‘निर्णय भएरअनुसार रौतहटको टिकट पनि लिएर जानुभयो । तर पार्टीलाई धोका दिएर अन्तिममा आफूले स्वतन्त्र उम्मेदवारी दिनुभयो । अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिइ समय गुजार्ने षडयन्त्र गर्नुभयो ।’

प्रभु साहको यो कदमलाई राजनीतिक षडयन्त्र भन्दै उनले रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी बुझेका पनि बताएका छन ।