काठमाण्डु – दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २ सय मतअन्तरले पराजित गर्दै शर्मा विजयी भएकी हुन् ।
अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्।
शुरूबाटै पछाडि परेका पोखरेलले अन्तिम समयमा मतान्तर घटाउँदै लगे पनि चुनाव जित्न भने सकेनन् ।




प्रतिक्रिया