दाङ–२ बाट एमाले महासचिव पोखरेलको नाम एकल सिफारिस

दाङ–२ बाट एमाले महासचिव पोखरेलको नाम एकल सिफारिस


काठमाण्डु– फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दाङ–२ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।

आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको हो ।

आफ्नै गृह क्षेत्रमा २०७९ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए ।