शंकर पोखरेलको नजरमा ओली सरकारले गरेका १९ ऐतिहासिक काम, जो अन्य सरकारका तुलनामा अब्बल सावित

शंकर पोखरेलको नजरमा ओली सरकारले गरेका १९ ऐतिहासिक काम, जो अन्य सरकारका तुलनामा अब्बल सावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १९ वटा ऐतिहासिक काम गरी आफूलाई सबै भन्दा अब्बल प्रमाणित गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेकपाका नेता समेत रहेका मुख्यमन्त्री पोखरेलले सरकारको नेतृत्व लिएको तीन बर्षको अवधिमा ओली सरकारले गरेका कतिपय काममध्ये १९ वटा ऐतिहासिक काम गर्दै आफूलाई अन्य सरकारको तुलनामा निकै अब्बल सावित गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले गरेका ती काम राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्व रहेको बताएका छन् ।

यी हुन प्रधानमन्त्री ओलीले राष्ट्रका लागि गरेका केही महत्वपूर्ण कामहरुः

– विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण,
– जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना,
– भारतिय नाकावन्दीको सामना र सफलता,
– चिनसंगको ऐतिहासिक पारवान संझौतावाट भविष्यमा नाकावन्दी नहुने परिस्थितिको निर्माण,
– नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि,
– सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व,
– भारत र चिनसंगको सम्वन्धलाई नयाँ आयाम दिने प्रयास,
– अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना,
– सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती,
– पूर्वधार विकासमा तिव्रता,
– रणनीतिक विकास आयोजनाहरु(रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी,
– सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम,
– विल्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व,
– छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण,
– तराई मधेसको विकासमा तिव्रता,
– प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि,
– सडक मानवरहीत अभियानको नेतृत्व,
– स्वास्थ पुर्वाधार विकासमा क्रान्ति,
– कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदी ।

मुख्यमन्त्री पोखरेलले देशका लागि महत्वपूर्ण काम गरेपनि प्रधानमन्त्री ओलीलाई अझै चौतर्फी घेरावन्दीमा पारेको उल्लेख गरेका छन् ।

उनले केही तत्वहरुले पार्टी एकता र राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइरहेको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

‘तर पनि यतिवेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ । पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त वनाईदैछ । सबैपक्ष गंभीर र जिम्मेवार बनौ,’ उनले भनेका छन् ।