काठमाण्डु- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।
पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको जानकारी औपचारिक रुपमा नआइसकेको भन्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले अविश्वास प्रस्ताव टेबुल गरेका हुन् ।
प्रदेशसभा बैठक एमालेका सांसदहरुले बहिष्कार गरेका छन् । असंवैधानिक रुपमा आह्वान गरेको बैठक भएकाले आफूहरु सहभागी नभएको एमाले सांसद बैजनाथ चौधरीले बताएका छन् ।




प्रतिक्रिया