काठमाण्डु – नेकपा एमालेका नेता शंकर पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको बताएका छन् ।
नेता माधव नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गराएको भालिपल्ट नेता पोखरेलले सामाजिक सञ्जालमार्फत कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको बताएका हुन् ।
‘कार्यदलले तयार गरेको १० वुँदे सहमतीको वाटोवाट अघि वढ्न पार्टी प्रतिवद्ध छ । पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य हो’, उनले लेखेका छन् ।
उनले झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गरेका नेता नेपालले सहमतीको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष भएको समेत बताएका छन् ।
विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउन र सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउन उनले अपिल गरेका छन् ।




प्रतिक्रिया