काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य शंकर पोखरेलले आज बस्ने सचिवालय बैठक पार्टी एकताका लागि दुवै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउनतर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले शनिबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकलाई दुवै प्रतिवेदन स्थगित गर्न आग्रह गरेका हुन् ।
सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गएको कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्तावको काउन्टरमा राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म फेरि पनि भन्छु, पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस् ।’




प्रतिक्रिया