शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार गरेकाे आरोपमा  पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका टोलीले बुधबार शंखमुल पुलनजिक ललितपुरको महालक्ष्मी नगरपालिकामा डेरा गरी बस्दै आएका २५ वर्षीय सुरज खड्कामाथि खुकुरी प्रहार गरेको आरोपमा उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रामेछापको मन्थलीका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाको नाम्दु घर भई काठमाण्डुको जडीबुटी बस्दै आएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको मध्यपुर थिमि बस्दै आएका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकको बतासेका २३ वर्षीय प्रविण नेपाल र रामेछापको खाडादेवीका २७ वर्षीय सञ्जीव मोक्तान रहेका छन् ।

उनीहरूले आर्थिक कारोबार तथा प्रेमसम्बन्धी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको खुलेको छ ।