व्यापारीको एकलौटी निर्णयमा मुख्यमन्त्री शंकर पोखरेलको आपत्ति

व्यापारीको एकलौटी निर्णयमा मुख्यमन्त्री शंकर पोखरेलको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले व्यापरीले आफूखुसी पसल खोल्ने निर्णयको विरोध गरेका छन् । उनले व्यापारीहरुले आफूखुसी पसल खोल्दा समुदायस्तरमा कोरोना फैलिए कसले जिम्मा लिन्छ भन्दै प्रश्नसमेत गरेका छन् ।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा व्यापारीहरुले आफूखुसी पसल खोल्न सुरु गरेपछि मुख्यमन्त्री पोखरेलले आपत्ति प्रकट गरेका हुन् ।

‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड-१९ समुदायमा फैलिएको छैन,’ मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने रु गम्भीर बनौं ।’

जिल्ला(जिल्लाका उद्योग वाणिज्य संघ, साना(ठूला व्यापारीक संघले पसल खोल्न आफू मातहतका व्यापारीलाई आग्रह गरेको सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

त्यस्तै उनले लकडाउनको मोडालिटी परिवर्तन गर्दा सामाजिक दुरी, विदेशवाट आउनेको व्यवस्थापन,संक्रमितको पहिचान र उपचारमा कुनै समस्या नआउने बनाउनुपर्ने सरकारसँग माग राखेका छन् ।