१० दिनभित्र एउटै दस्तावेज बनाउन सचिवालय सदस्यलाई शंकर पोखरलको आग्रह

१० दिनभित्र एउटै दस्तावेज बनाउन सचिवालय सदस्यलाई शंकर पोखरलको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावबारे आपत्ति जनाएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनुपर्ने बताएका छन् ।

‘पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधामन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ’, उनले भनेका छन्, ‘पार्टी एकताले पूर्णता नपाउँदै समानन्तर दस्तावेज एकतातर्फको बाटो अवश्य होइन ।’

उनले १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका सदस्यहरुलाई गंभीर बन्न आग्रह गरेका छन् ।

‘१० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गम्भीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ’, उनले भनेका छन् ।

आगामी मंसिर १३ गते बस्ने सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै प्रस्ताव दर्ता गर्ने कार्यसूची छ । गत शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए ।