प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य गरेका हुन्ः शंकर पोखरेल

प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य गरेका हुन्ः शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ अन्त्य गरेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कुलमान घिसिङले नभई प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य गरेको बताए ।

विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री ओलीले तय गरेकाले लोडसेडिङ अन्त्य भएको उनले बताएका छन् । उनले कुलमानले विद्युत चुहावट नियन्त्रणमा सहयोग गरेको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले भारतबाट २५० मेगावाट विद्युत खरिद गरेसँगै लोडसेडिङ अन्त्य भएको दाबी गरे ।