लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए पदबाट राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए पदबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएको औपचारिक घोषणा केहीबेरमा गर्ने भएका छन् ।

यससंगै अव लुम्बिनीमा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । प्रदेश सभामा कायम रहेको ८१ सदस्यमा एमाले एक्लैसंग ४१ जना सांसद छन् ।

लुम्बिनी प्रदेशसभाको अधिवेशन आज दिउँसो १ बजे बस्दैछ । बैठक अगाडि मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका हुन् ।

उनीविरुद्ध वैशाख ६ मा अविश्वासको प्रसताव दर्ता भएको थियो । आजको बैठकमा उनीविरुद्धको अविश्वासको प्रस्तावबारे छलफल गर्ने कार्यसूची थियो ।