मुख्यमन्त्री पोखरेलको शपथ ग्रहण साँझ ४ बजे

मुख्यमन्त्री पोखरेलको शपथ ग्रहण साँझ ४ बजे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेललाई साँझ ४ बजे पद तथा गोपनियताको शपथ खुवाउने छन् ।

पोखरेलले आइतबार बिहान प्रदेश प्रमुख यादवसमक्ष राजीनामा बुझाएका थिए । संसदमा ठूलो दलको हैसियतले नेकपा एमालेको सरकार बन्न लागेको हो । एमालेसँग संसदमा ४१ सिट रहेको छ । प्रदेशसभामा कूल ८१ जना प्रदेशसभा सदस्य रहेका छन् ।