भेरी अस्पतालका स्वास्थ्यकर्मी कुट्नेमाथि कारबाही हुन्छः मुख्यमन्त्री पोखरेल

भेरी अस्पतालका स्वास्थ्यकर्मी कुट्नेमाथि कारबाही हुन्छः मुख्यमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गर्नेमाथि कडा कारबाही गर्ने बताएका छन् ।

बिहीबार राती उपचारमा खटिएका डाक्टर र नर्समाथि कुटपिट गर्ने समूहमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोरोनाको महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराउने गरी भएको घटनामा संलग्नहरुमाथि हदैसम्मको कारबाही हुने उनले बताए ।

नेपालगन्जस्थित भेरी अस्पतालका नर्समाथि कुटपिट भएको घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको संयोजकत्वमा ७ सदस्य समिति गठन गरिएको छ ।

अस्पतालमा उपचार गराइरहेका एकजना आफन्तको मृत्यु भएपछि दाङका मानबहादुर रावतलगायतको समूहले अस्पतालमा तोडफोड गरी चिकित्सक तथा नर्सहरूमाथि आक्रमण गरेका थिए ।