वैशाख ३ गतेपछि सीमित ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ: मुख्यमन्त्री पोखरेल

वैशाख ३ गतेपछि सीमित ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ: मुख्यमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ३ गतेपछि मात्र हिँडडुल गर्न सकिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले वैशाख ३ गतेपछि सीमित मात्रामा ठाउँ हेरेर आवातजावात खोल्ने सकिने उल्लेख गरेका हुन् ।

‘३ गतेसम्म जो जहाँ छौं त्यहीँ बसौं, समस्या भए वडा कार्यालयमा खबर गरौं,’ मुख्यमन्त्रीले लेखेका छन्, ‘३ गतेपछि सीमित मात्रामा ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ ।’

यसअघि बिहीबार सरकारले गठन गरेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले शुक्रबार र शनिबार दुई दिन काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरी उनीहरूको गृह जिल्ला पुर्‍याउने निर्णय गरेको थियो । पछि स्थानीय सरकारले नै असहमति जनाउँदा तत्काल त्यो निर्णय फिर्ता भएको थियो ।