सांसद अपहरण गरेको भन्दै कांग्रेसले माग्यो मुख्यमन्त्रीको राजीनामा

सांसद अपहरण गरेको भन्दै कांग्रेसले माग्यो मुख्यमन्त्रीको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पन्थले सांसद अपहरणमा नाम जोडिएको भन्दै मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

उनले सांसद अपहरण सम्बन्धमा लुम्बिनी प्रदेश सभाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । सांसद पन्थले भने, ‘लुम्बिनीको मुख्यमन्त्रीको कार्यालय सांसदलाई थुन्ने ठाउँ बनेछ, यो मानवताविरोधी काम हो । सांसदलाई थुन्ने गुण्डागर्दी शैलीको विरोध गर्दछु । मुख्यमन्त्रीमा अलिकति पनि राजनीतिक नैतिकता छ भने राजीनामा गर्नुस् ।’

जसपा सांसद प्रमिला कुमारीले पनि सांसद अपहरणमा संलग्नमाथि कारवाहीको माग गरेकी छिन् । उनले भनिन्, ‘अविश्वासको प्रस्ताव फेस गर्न नसक्ने, बजेट ल्याउन नसक्ने मुख्यमन्त्री आफैं अपहरणमा संलग्न रहेकोले कारवाहीको माग गर्दछु ।’

लुम्बिनीकी सांसद वलीले आफूलाई ५ दिनसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको भन्दै बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेकी थिइन् ।