मुख्यमन्त्री पोखरेलको पद न्यायाधीश राउतको हातमा

मुख्यमन्त्री पोखरेलको पद न्यायाधीश राउतको हातमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशसभाको विषेस अधिवेशन बोलाउने निर्णयविरुद्धको रिट निवेदन न्यायाधीश प्रकाश राउतको इजलासमा परेको छ ।

प्रदेशसभा बोलाउने निर्णय संविधानविपरीत भएको भन्दै प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने दाबी गरिएको छ ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएकोले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने तर्क रिट निवेदकको छ ।

सर्वोच्चमा यो रिट गएको आइतबार हकदैया नपुगेको भन्दै दर्ता भएको थिएन । सोमबार दर्ता भएपछि आज पेसी तोकिएको हो ।