काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा नदिएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री पोखरेलले राजीनामा नदिएको बताएका हुन् ।
संसदको विशेष अधिवेशमा अविश्वासको प्रस्ताव टेबल हुने भएपछि मुख्यमन्त्रीले राजीनामा दिएको समाचार बाहिरिएको थियो ।
मन्त्री श्रेष्ठले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा चर्चा चलेको भएपनि त्यसमा सत्यता नभएको बताए । उनले विपक्षी दलले हल्ला फैलाएको समेत आरोप लगाएका छन् । अल्पमतमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन् भने विपक्षमा ४१ सांसद छन् ।




प्रतिक्रिया