सचिवालयको निर्णय समग्र पार्टीको जित होः शङ्कर पोखरेल

सचिवालयको निर्णय समग्र पार्टीको जित होः शङ्कर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सचिवालय बैठकको निर्णयलाई जित र हारका रूपमा बुझ्न नहुने तर्क गरेका छन् ।

नेकपाको सचिवालय बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । नेता पोखरेलले सचिवालयको निर्णय समग्र पार्टीको जित भएको बताएका छन् ।

‘हिजोको सचिवालयको निर्णय कसैको जित वा कसैको हार होइन, यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जित हो,’ उनले भनेका छन् ।

पार्टीभित्र विवाद, समाधान नियमित प्रक्रिया भएकाले यात्रा रहेको पाँच नम्बर प्रदेशका मुख्यमन्त्री पोखरेलको निष्कर्ष छ ।