५ प्रतिशत संक्रमितलाई मात्र सघन उपचारको आवश्यकता पर्छ: मुख्यमन्त्री पोखरेल

५ प्रतिशत संक्रमितलाई मात्र सघन उपचारको आवश्यकता पर्छ: मुख्यमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले कोरोनाबाट उत्पन्न भए र त्रासले असुरक्षित बनाउने खतरा रहेको औल्याएका छन् ।

मुख्यमन्त्री पोखरेलले १५ प्रतिशत संक्रमितलाई मात्र उपचार गरे पुग्ने बताए । उनले ८० प्रतिशत संक्रमितलाई आइसोलेशनमा राख्न ठिक हुने बताएका छन् ।

‘संक्रमितहरुलाई आइसोलेसनमा राख्दा मात्रै पनि ८० प्रतिशतभन्दा वढि आफै ठिक हुन्छन् । वाँकी १५ प्रतिशत जतिलाई सामान्य उपचारको आवश्यकता पर्ने देखिन्छ । ५ प्रतिशत भन्दा कमलाई मात्र सघन उपचारको आवश्यकता पर्ने हो । मृत्यदर निकै कम छ । तर हाम्रो त्रास र भयले मानिसलाई मनोवैज्ञानिक रुपमा अझ कमजोर बनाउने सम्भावना रहन्छ’, उनले भनेका छन् ।

उनले भारतबाट आउने सबै संक्रमित नहुने स्पष्ट पारेका छन् । उनले भारतबाट आउने सबैमासंक्रमण खतरा नरहेकाले सबैलाइृ क्वारेन्टाइनमा राख्नुको अर्थ नभएको बताएका छन् ।

‘दुइहप्ता कोरोन्टाइनमा राख्दा रोगको कुनै लक्षण नदेखिए परिक्षण नै नगरी भारतमा विदा गर्ने गरिएको छ । हामीले त परिक्षणको व्यवस्था गरेका छौं । सबैभन्दा धेरै क्वारेन्टाइनको व्यवस्था गरिएका ठाउमा कोरोनाको संक्रमण दरमा अहिले नै नियन्त्रण देखिन्छ । यद्यपी क्वारेन्टाइनमा वस्नेले पनि सामाजिक दुरी भने कायम गर्नुपर्ने हुन्छ । त्यसैले भारतवाट आएका र संक्रमित सबैप्रति मानविय व्यवहार प्रदर्शन गरौं । छोटो समयमा नै विरामी निको भएर घर फर्कन थालेका छन्’, उनले भने ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले पछिल्लो समयमा उपचारमा संलग्न चिकित्सक, संक्रमित र स्वास्थकर्मीको मनोबल बढेको बताएका छन् ।

‘समुदायमा संक्रमण क्वारेन्टाइन,आइसोलेसन केन्द्र र कोरोनाविशेष अस्पतालबाट होइन । संक्रमित व्यक्ति पहिचान नभएर समुदायमा मिसिएको अवस्थामा मात्र फैलने हो । समुदायमा फैलनवाट जोगिनका लागि नै क्वारेन्टाइन र आइसोलेसन केन्द्रको आवश्यकता पर्ने हो । सचेत बनौ र सचेत बनाऔं’, उनले भनेका छन् ।