प्रवासीको व्यवस्थापन गरेर मात्र लडाउन खोल्नुपर्छः शंखर पोखरेल

प्रवासीको व्यवस्थापन गरेर मात्र लडाउन खोल्नुपर्छः शंखर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले तत्काल लकडाउन खोल्न नहुने सुझाव दिएका छन् । सरकारले जेठ २० गतेसम्म जारी गरेको लकडाउनको समयावधि सकिनै लाग्दा मुख्यमन्त्री पोखरेलले तत्काल लकडाउन खोल्नु घातक हुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री पोखरेलले विचल्लीमा परेका प्रवासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् । उनले लकडाउनको स्वरुप परिवर्तन हुन लागेको भन्दै हतार नगर्न सरकारलाई सुझाव दिएका छन् ।

‘विचल्लीमा परेका प्रवासीको व्यवस्थापन गरेर मात्र लकडाउन खोल्नु उपर्युक्त हुन्छ’, उनले भने, ‘यद्यपी लकडाउनको स्वरुप भने परिवर्तन गरिँदैछ ।’