ट्वीटरमा ओली र नेपाल पक्षका नेताको जुहारी : शंखर पोखरेलमाथि विजय पौडेलको काउण्टर

ट्वीटरमा ओली र नेपाल पक्षका नेताको जुहारी : शंखर पोखरेलमाथि विजय पौडेलको काउण्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेमा केपी शर्मा अ‍ोली र माधव नेपाल समूहबीचको विवाद उत्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेता नेपालसहित चार जना नेताहरुलाई ६ महिनाका लागि निलम्बन गरेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको हो । अहिले दुवै समूहका नेताहरु एकअर्कामाथि घोचपेचमा उत्रिएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले माधव नेपाल नवौ अधिवेशनमा चौथो कार्यकालका लागि उमेद्वार बने पनि चुनाव हारेको प्रशंग कोट्याउँदै आज एमाले भित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरिरहेको बताए ।

‘वुटवल अधिवेशनवाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाइयो । तर नवौ अधिवेशनमा माधव कमरेड/आफैं चौथो कार्यकालका लागि उमेद्वार वन्नु भो र चुनाव हार्नु भो । आज एमाले भित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ’, उनले भनेका छन् ।

नेपाल निकट अर्का पोलिटब्यूरो सदस्य डा. बिजय पौडेलले अ‍ोली निकट मानिएका पोखरेलको उक्त आरोपको प्रतिवाद गरे । उनले २०७५ जेठ २ मा फर्केर एकता गर्न किन नहुने भन्दै षड्यन्त्रले काम नगर्ने सुझाव दिएका छन् ।

‘यिनै कुरा बैठकमा राखेर छलफल गर्न किन नचाहेको नि ? बैठकबाट किन भागेको ? बैठकभन्दा बाहिर आफू अनुकुल निर्णय भए बैठकमा जाने नत्र बैठकमै नजाने प्रवृति जिम्मेवार छैन र ? अनि २ जेष्ठ २०७५ मा फर्केर एकता गर्न किन नहुने ? षड्यन्त्रले काम गर्दैन मित्र’, उनले भनेका छन् ।