एमसीसीको समर्थन गर्ने भारतीय राजदूत शर्मालाई फिर्ता बोलाउन माग

एमसीसीको समर्थन गर्ने भारतीय राजदूत शर्मालाई फिर्ता बोलाउन माग


काठमाण्डु – भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई तत्काल फिर्ता बोलाउन माग गरिएको छ । उनी हालै संसदीय विशेष समितिबाट राजदूतमा अनुमोदित भएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शर्माले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे दिएको अभिव्यक्ति विवादास्पद रहेकाले उनलाई फिर्ता बोलाउन माग गरेका हुन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले संसदमा विचाराधीन रहेको एमसीसीको समर्थन गरेको भन्दै फिर्ता बोलाउन माग गरेका हुन् ।

‘अमेरिकाको राजदूत भइसकेका शर्माले संसदमा छलफल नै भइनसकेको एमसीसीको समर्थन गरेकोले संसदमा विचाराधीन विषयमा नबोल्न आग्रह गर्दै शंकर शर्माजीलाई भारतीय राजदूतबाट फिर्ता लिन जरुरी छ,’ उनले भने ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका शर्मालाई भारतीय राजदूतमा सिफारिस गरेको थियो । शर्मा यसअघि अमेरिकाका लागि राजदूत थिए ।