काठमाडौं – पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिहान ५ बजे निधन भएको हो ।
निमोनियाँबाट ग्रसित श्रेष्ठको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको पाल्पाली संगमका सचिव जीवन भण्डारीले जानकारी दिए । अल्पायुमै निधन भएका पूर्वसचिव श्रेष्ठ सरल, मिलनसार छविका थिए ।




प्रतिक्रिया