काठमाण्डु – नेकपा ओली समूहकी नेत्री शान्ता चौधरीले प्रचण्ड– नेपालप्रति लक्षित गर्दै आफ्नै घर जलाएर त्यही खरानी धसेर विजय जुलुस निकाल्दै हिडेको टिप्पणी गरेकी छन् ।
बिहीवार सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै नेत्री चौधरीले विजय जुलुस निकाल्दै लडडु खाँदै हिड्दा प्रचण्ड–नेपालको अनुहारमा कुनै चमक नदेखिएको बताएकी हुन् ।
‘आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर तेही खरानीधसेर बिजय जुलुस निकाल्दै लडडु खादै हिड्दा मनमा कुनै आत्मग्लानी भएनछ है ?’ उनले प्रश्न गर्दै भनेकी छन् । उनले अब त्यस खरानीले भत्भती पोल्ने दिन आउने बताएकी छन् ।
उनले भनेकी छन्, ‘तर पनि अनुहारमा कुनै चमक देखिएन अब बिस्तारै त्यो खरानीले भत् भति पोल्नेदिन आउला अनि त्यसपछि झल्यास्स हुनुनभन्दा के बाँकीरहने भयो र ! सबैले बेलैमा बिचार गरौं बुद्दी फिरोस !’




प्रतिक्रिया