शान्ता चौधरी चढ्ने स्कारपियो दाङमा दुर्घटनाग्रस्त

शान्ता चौधरी चढ्ने स्कारपियो दाङमा दुर्घटनाग्रस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरी चढ्ने गाडी दाङमा दुर्घटना भएको छ ।

सोमबार राती ११ बजे सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा दुर्घटना भएको हो । सो गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।

गाडीमा चालक रतन चौधरी सकुशल छन् । उनले सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको बताएका छन् ।

गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए ।

सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।