काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले सरकार ढाल्ने खेल स्वीकार्य नहुने चेतावनी दिएकी छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेकी चौधरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार ढाल्ने खेल नखेल्न चेतावनी दिएकी छन् ।
सांसद चौधरीले पूर्वमाओवादी समूहका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र दिनानाथ शर्माको प्रशंसा गरेकी छिन् ।
‘पदको कुनै पर्वाह छैन । सरकार परिवर्तन गरौंला भनेर मत मागेको पनि हैन । भुइँमा बस्न तयार छौं, एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार छौं,’ उनले भनेकी छिन्, ‘सरकार ढलाउने खेल जहाँबाट खेलिएको भए पनि किमार्थ स्वीकार्य हुने छैन ।’




प्रतिक्रिया