काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री शान्ता चौधरीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका नेताहरुले पछि पछुताउने बताएकी छन् ।
काठमाण्डुको बानेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित लुम्बिनी प्रदेशका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सांसद चौधरीले आफूहरूको अवस्था बलियो रहेको भन्दै प्रचण्ड–नेपाल पक्षका नेताहरु पछुताउने दिन आउने दाबी गरेकी हुन् ।
‘अब हामी जनताका बीचमा जान तयार हुनुपर्छ, हामीसँग जनतालाई लिएर जाने धेरै कुराहरू छन्,’ उनले भनिन्, ‘भोलि संसद विघटन फिर्ता होला भन्ने चिन्ता लिनु पर्दैन । सबै कानूनी हिसाबले हामी बलियो छौं । चुनाव चिह्न पनि हाम्रै हुन्छ ।’
भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत नेताहरू सहभागी छन् ।




प्रतिक्रिया