नेताहरुको ध्यान राष्ट्र निर्माणको एजेण्डामा नभई पद प्राप्तिका लागि मात्रै केन्द्रित देखियोः शान्ता चौधरी

नेताहरुको ध्यान राष्ट्र निर्माणको एजेण्डामा नभई पद प्राप्तिका लागि मात्रै केन्द्रित देखियोः शान्ता चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले शहिदको त्याग र बलिदानको अपमान नगर्न अग्र पङ्तिमा रहेका नेताहरुलाई आग्रह गरेकी छन् ।

सांसद चौधरीले सामाजिक सञ्जालमार्फत शहिदको त्याग र बलिदानको अपमान नगर्न आग्रह गर्दै जनता र पार्टीको भविष्यको बारेमा पनि चिन्तित हुन आग्रह गरेकी हुन् ।

‘जनता र पार्टीको भविष्यको बारेमा पनि चिन्तित होऔं । नयाँ पुस्ताका अपेक्षाबारे चिन्तन गरेर ती अपेक्षा सम्बोधनको लागि योजना बनाऔं । शहीदको त्याग र बलिदानको अपमान नहोस् कतै,’ उनले भनेकी छन् ।

नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला सांसद चौधरीले पछिल्लो समय नेताहरुको ध्यान राष्ट्रनिर्माणको एजेण्डामा नभई पद प्राप्तिका लागि मात्रै बढी केन्द्रित देखिएको टिप्पणी गरेकी छन् ।

सांसद चौधरीले लेखेकी छन्, ‘हाम्रा नेताहरूको ध्यान राष्ट्रनिर्माणको एजेण्डामा, जनताका असन्तुष्टिहरू सम्बोधन गर्ने एजेण्डामा छलफल गर्ने भन्दा बैठक बस्ने र पदको लडाइँकै लागि मात्र एजेण्डामा बढी केन्द्रित देखियो ।

उनले गणतन्त्र र संघीयताको बिरोधमा बाहिर सभाजुलुसहरू बढ्दै गैरहेकामा चिन्ता समेत व्यक्त गरेकी छन् ।