काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले संविधान रंगीचंगी फुलबारीको वास्तविक चित्र भएको बताएकी छन् ।
सामाजिक संजाल फेसबुकमार्फत संविधान दिवसको अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गर्दै उनले जनताका प्रतिनिधिल संविधान लेखेका कारण आफुहरु संसारका सामु उदाहरण प्रस्तुत गर्न सफल भएको बताएकी छन् ।
‘नेपाली जनताका प्रतिनिधिले नयाँ संविधान लेखे र संसारका सामु उदाहरण प्रस्तुत गर्न हामी सफल भएका छौं, सांसद चौधरीले भनेकी छन्, ‘नेपाल विविधताको देश हो । हिजो संविधान सभामा र आज प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा देख्न सकिन्छ, रंगीचंगी फुलबारीको वास्तविक चित्र । यो धेरै ठुलो र महत्त्वपुर्ण उपलब्धि हो ।’
‘यही संविधानमा सदियौंदेखि उत्पिडनमा पर्दै आएका, बञ्चितीकरणमा परेका जनताको अधिकार उल्लेख गरिएको छ । यही संविधानमा देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउँदै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा उल्लेख गरिएको छ । संविधानको पुर्ण रुपमा कार्यान्वयन गरौं, समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गरौं’ उनले भनिन् ।




प्रतिक्रिया