पहिलो जितको खाेजिमा शान्ता चौधरी, गठबन्धनको बलमा मेटमणि 

पहिलो जितको खाेजिमा शान्ता चौधरी, गठबन्धनको बलमा मेटमणि 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दाङ १ मा संघ र प्रदेशसभाको निर्वाचन चासोका साथ हेरिएको छ ।

नेकपा एमालेले दाङ १ मा शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । यता सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा शान्ता चौधरीका मुख्य प्रतिस्पर्धी भनेका मेटमणि नै हुन् ।

नेकपा (एमालेले २०६४ सालमा शान्तालाई समानुपातिकबाट पहिलो संविधानसभामा प्रवेश गराएको थियो । त्यसपछि उनलाई एमालेले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दाङ२ बाट उम्मेदवार बनायो । तर, उनी त्यसबेला पराजित बनेकी थिइन् ।

चुनाव पराजित भएकी शान्तालाई एमालेले २०७४ सालमा समानुपातिकको बाटोबाट दोस्रो पटक सांसद बनायो । हाल भने उनी प्रत्यक्षतर्फ पहिलो जित निकालेर संसद् छिर्ने दाउमा छिन् । तर, सत्ता गठबन्धनका उम्मेदवार मेटमणि चौधरी यसवर्ष उनका लागि भारी देखिन्छन् ।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचन अन्तर्गत यसक्षेत्रमा सत्ता गठबन्धनको मत नेकपा एमाले भन्दा बढी छ । जसअनुसार नेपाली कांग्रेसले २९ हजार ७५७, एमालेले २७ हजार २५, माओवादी केन्द्रले १९ हजार २७६ र राष्ट्रिय जनमोर्चाले २ हजार ५९६ मत पाएका छन् ।

स्थानीय तहको निर्वाचनमा नतिजा हेर्दा मेटमणिलाई चुनाव जित्न सहज देखिएको छ । यता शान्ताले भने गठबन्धनको मत तान्न सके मात्र चुनावमा बिजयी हुने देखिन्छ ।