शान्ति मिसनमा गैरसैनिक पनि सहभागी हुन थाले 

शान्ति मिसनमा गैरसैनिक पनि सहभागी हुन थाले 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शान्ति स्थापनार्थ खटिने संयुक्त राष्ट्रसंघको मिसनमा नेपालबाट गैरसैनिक सर्वसाधरणलाई पनि पठाउन थालिएको छ। यसअघि सैनिक सुरक्षाकर्मी मात्र जाने गरेको मिसनमा दोभासेको रुपमा सर्वसाधरणलाई पनि लैजान थालिएको हो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेको भनाइ उल्लेख गर्दै सेन्ट्र अफ्रिकन मिसन खटिएका २०९ जनाको एडभान्स टोलीको एक जना सर्वसाधरणलाई दोभाषेको रुपमा पठाइएको छ। उक्त मिसनमा फ्रेन्च भाषाको लागि दोभासेका रुपमा पठाइएको छ। पाण्डेका अनुसार ती व्यक्तिले काम थालेका छन्।

पाण्डेका अनुसार सेनाले थप दुई बटालिय (६-६ सय संख्या) पठाउन थालेको छ। ती बटालियनमा पनि फ्रेन्च भाषा बोल्ने एक-एक जना दोभाषे पठाइने छ। नेपाली सेनाले पहिलो पटक पर्यवेक्षकको रुपमा सन् १९५८ मा लेवनानमा भाग लिएको थियो। नेपाली सेनाले विश्‍वभर १२ मिसनमा आफ्नो शान्ति शेना खटाएको छ। मिसनको दौरानमा ६३ जानले ज्यान गुमाएका छन्। याे समाचार कान्तिपुर दैनिकमा छ ।