रामेछाप जिल्ला अध्यक्षले छोडे माधव नेपालको साथ

रामेछाप जिल्ला अध्यक्षले छोडे माधव नेपालको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले नेकपा एमाले रोजेका छन् । सांसद पौडेलले माधव नेपालको साथ छाडेर एमाले रोजेका हुन् ।

उनी २०७५ जेठ २ अघि रामेछापको एमाले जिल्ला अध्यक्ष थिए । एमालेले जेठ २ को अवसथामा फर्किने निर्णय गरेसँगै एमाले जिल्ला अध्यक्ष उनैले पाउने भएका छन् ।

बागमती प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरिरहेका बेला उनी भने अनुपस्थित भएका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा उनी सचिव थिए ।

साथै सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि उनी माधव नेपाल समूहमा खुलेर लागेका थिए । तर, आज एमालेमा रहेको भन्दै सांसद पौडेल पार्टीलाई एकीकृत गराउन रामेछाप तर्फ लागेका छन् ।