मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।

मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिसनमा तैनाथ उच्च तयारी सुरक्षा बटालियन अन्तर्गतदि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली, सेनानी कपिल कुमार सिंहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छैठौँ डफ्फामा कार्यरत ११६ जना शान्ति सैनिकहरू सेनानी दिपेश राना मगरको नेतृत्वमा फाल्गुण ११ गते नै स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।