काठमाण्डु– सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली भएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा खटिएको नेपाली सेनाको गोरखनाथ गणको चौथो डफ्फाको टोली फर्किएर अहिले नयाँ टोली त्यहाँ गएको हो ।
युद्धभैरव गण अन्तर्गत तेस्रो डफ्फालाई गोरखनाथ गणको चौथो डफ्फाले बदली गरेको हो ।
युद्धभैरव गणका २२४ नेपाली शान्ति सैनिकहरू पुस १० गते नै स्वदेश फिर्ता भएका छन् भने सोहि दिन गोरखनाथ गणको चौथो डफ्फाका २२५ शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका छन् ।
हालसम्म यो मिसनमा नेपाली सेनाका १ हजार १८८ जना शान्ति सैनिक कार्यरत छन् ।




प्रतिक्रिया