काठमाण्डु – सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले ओझाको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
प्राधिकरणको अध्यक्षमा नियुक्ति लिँदा उनले योग्यताको फर्जी कागजात पेश गरेको विषयमा छानबिनका लागि सरकारले न्यायिक समिति बनाउँदै उनलाई निलम्बन गरेको थियो । त्यसपछि उनी सर्वाेच्च अदालत गएका थिए ।
मन्त्रिपरिषद्को असार ३० गतेको बैठकले ओझामाथि छानबिनका लागि पुनरावेदन अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो ।




प्रतिक्रिया