पत्रकार ओझा बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त

पत्रकार ओझा बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझालाई नियुक्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । उनी क्लिकमाण्डु डट्कममा विशेष संवाददाता एवं वरिष्ठ प्रबन्धक रहेका थिए ।

अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो । प्राधिकरणको अध्यक्ष बन्ने दौडमा रहेका पुडाशैनी पूर्व राजस्व सचिव र कृषि विकास बैंकका अध्यक्ष थिए ।

प्राधिकरणका अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।