फास्ट ट्र्याक प्रमुखबाट सहायक रथी श्रेष्ठ पदमुक्त, महासेनानी पोखरेललाई जिम्मेवारी दिइयो

फास्ट ट्र्याक प्रमुखबाट सहायक रथी श्रेष्ठ पदमुक्त, महासेनानी पोखरेललाई जिम्मेवारी दिइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठ पदमुक्त भएका छन् ।

नेपाली सेनाले फास्ट ट्र्याक आयोजना प्रमुख श्रेष्ठलाई आयोजनाको सोधपुछका आरोपमा जिम्मेवारीबाट तत्कालका लागि हटाएको सेनाले जनाएको छ ।

तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँडको पालामा डिजाइन प्रमुख समेत रहेका श्रेष्ठलाई आरोप प्रमाणित नभएसम्म सोधपुछका लागि जिम्मेवारीबाट हटाइएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले काठमाडौंपाटीलाई जानकारी दिए ।

‘सोही प्रकरणमा सोधपुछ गर्नुपर्ने भएकाले केही समयका लागि जिम्मेवारीबाट हटाइएको हो,’ प्रवक्ता पाण्डेले काठमाडौंपाटीसँग भने, ‘त्यो बेलामा डिजाइन प्रमुख भएकाले शरदलाल श्रेष्ठसँग पनि केही सोधपुछ गर्नुपर्ने देखिएकाले केही समयका लागि हटाइएको हो, अनियमितताको आशंका भएकाले भने होइन ।’

फास्ट ट्र्याक आयोजनामा आर्थिक अनियमितता गरेको आरोप लागेका खाँडमाथि नेपाली सेनाले अनुसन्धान गरिरहेको छ । काठमाडौं– निजगढ प्रमुखको जिम्मेवारी महासेनानी विकास पोखरेललाई दिइएको छ ।