न्यूयोर्क – ई–कमर्श कम्पनी अमेजनको त्रैमासिक नतिजा घोषणा भएपछि कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोसको सम्पत्तिमा भारी वृद्धि भएको छ ।
डिसेम्बरसम्मको त्रैमासिक अवधिमा कम्पनीको बिक्रीमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ । यसपछि अमेजनको सेयरमा १२ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धिको सीधा फाइदा जेफ बेजोसलाई भएको छ । उनको कुल सम्पत्तिमा वृद्धि भएर १२८.९ अर्ब डलर पुगेको छ ।
कम्पनीको सेयर मूल्यमा वृद्धि भएसँगै विश्लेषकहरुले बेजोसको कम्पनी अमेजनले १ ट्रिलियन डलरको बजार पुँजीकरण हासिल गर्न सक्ने बताएका छन् । यद्यपि यो पहिलो पटक भने होइन । पहिले पनि कम्नीले यस किसिमको लक्ष्य भेटिसकेको छ । तर पछि सेयरको मूल्यमा गिरावट आएकाले कम्पनीको मूल्यमा पनि गिरावट आएको हो ।
विगतका केही महिनादेखि विश्वकै सर्वा्धिक धनी व्यक्ति बन्ने विषयमा बेजोस र माइक्रोसफ्टका सीईओ बिल गेट्सबीच टक्कर चलिरहेको छ । बिहीबार साझ ४ः५५ बजेसम्म बेजोसको सम्पत्तिमा करिब १२.८ अर्ब डलरको वृद्धि भएको थियो ।




प्रतिक्रिया