९ अंकले सेयर बजार ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

९ अंकले सेयर बजार ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ ।

आइतबार नेप्से  ९.१९  अंकले घटेको हो । आज नेप्से ०.३४ प्रतिशतले घट्दा परिसुचक २६१७ अंकमा पुगेर रोकियो ।

आज १ करोड  ११ लाख कित्ता सेयर किनबेच हुदा ४ अर्ब ७३ करोडको कारोबार भएको छ ।

कारोबारमा आएका १४० कम्पनिको सेयर मूल्य घटेको छ भने ९२  कम्पनिको बढेको छ । यस्तै ११ कम्पनिको सेयर मूल्य स्थिर रहेको छ ।

आज ३ कम्पनिमा सकरात्मक सर्किट लागेको छ । लाइफ इन्सोरेन्स, रिभल्स फल्स पावर र माइखोला हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

आज नेपाल एसबीआई , प्राइम कमर्सियल बैंक, रावा इनर्जी, आईसीएफसी फाइनान्सको सेयर मूल्यमा भने गिरावट आएको छ।

कारोबारतर्फ आईसीएफसी फाइनान्सको सर्वाधिक ३२ करोड ६४ लाख, नेपाल एसबीआई बैंकको २१ करोड ६२ लाख, सीईडीबी हाइड्रोपावरको १८ करोड, नेपाल फाइनान्सको १८ करोड र समृद्धि फाइनान्सको पनि १८ करोडबराबरको सेयर किनबेच भएको छ।

आज वाणिज्य बैंक, विकास बैंक, लगानी, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य उपसूचकहरु राताम्य रहे।